हेटौंडा- कांग्रेस जिल्ला सभापतिहरूको भेला मंगलबारदेखि हेटौँडामा एक बजेबाट सुरु हुँदै छ। निर्वाचनमा पार्टीको हारबारे समीक्षा गर्न केही समयअघि बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार जिल्ला सभापतिहरूको भेला डाकिएको हो।
समीक्षा बैठकले निर्वाचनमा हारको वास्तविक कारण खोतल्न र पार्टीलाई थप प्रभावकारी बनाएर अघि बढ्ने बाटो पहिल्याउन नसकेपछि थप सुझाबका लागि जिल्ला सभापतिहरूको भेला आह्वान गरेको थियो। आगामी भदौमा महासमिति बैठक पनि बोलाइएको छ।
भेलामा जिल्ला सभापतिहरूले निर्वाचनमा पराजय भोग्नुको कारण, तल्ला तहका कार्यकर्ताको सुझाब र गुनासो, पार्टीको विधान संशोधनबारे धारणा राख्नेछन्। ७ असारसम्म चल्ने भेलामा केन्द्रीय कार्यसमितिका सदस्य, ७७ जिल्लाका सभापति सहभागी हुँदै छन्।
कमजोर बन्दै संस्थापन
१३औँ महाधिवेशनमा ७५ मध्ये झन्डै ४० जिल्लामा आफू पक्षधर सभापति जिताउन सफल भए पनि पछिल्लो समय संस्थापन पक्षसँग ३२ जिल्ला सभापति मात्रै देखिएका छन्। भेलामा जिल्ला सभापतिहरुले पक्ष र विपक्षमा गर्ने बहसले नेतृत्वलाई अप्ठ्यारोमा पार्न सक्छ।
संख्यात्मक रूपमा पनि संस्थापन पक्षसँग भन्दा पौडेल र सिटौला पक्षसँग धेरै सभापति छन् । संस्थापनसँग ३२ जिल्ला सभापति हुँदा पौडेल पक्षसँग ३७ र सिटौला पक्षसँग ६ छन्।
नेविसंघ, महिला संघ र तरुण दलमा पनि सिटौला पक्षले संस्थापनलाई साथ दिँदा यी महत्वपूर्ण भ्रातृ संस्थामा देउवा पक्षले पकड जमाए । तर, स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि सिटौला संस्थापन देउवासँग टाढिँदै गएका छन्।
उनी पौडेलसँग नजिकिएका छन्। पौडले र सिटौला मिलेपछि केही भ्रातृ÷शुभेच्छुक संस्थामा देउवा पक्षले हारसमेत बेहोरिसकेको छ । पौडले र सिटौला नजिकिएको असर शिक्षक संघ, कर्मचारी, इन्जिनियरको संस्था र ट्रेड युनियनसम्म परेको छ । यी चारवटैमा देउवा पक्षले नराम्रोसँग हार बेहोरेको छ ।
पौडेल पक्षका सभापति जो प्रकाशमान निकट छन्
पौडेल पक्षमा रहेकामध्ये इलामका हिमालय कमाचार्य, काठमाडौंका सबुज बानियाँ, चितवनका जितनारायण श्रेष्ठ, जाजरकोटका दीपकजंग शाहसहितका केही सभापति नेता प्रकाशमान सिंहनिकटका मानिन्छन्।
२५ वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक काठमाडौंबाहिर
कांग्रेस केन्द्रीय समिति बैठक २५ वर्षपछि काठमाडौंबाहिर बसेको छ । जिल्ला सभापतिको भेलाको एक दिनअघि सोमबार प्रदेश ३ को राजधानी मकवानपुरको हेटाैँडामा केन्द्रीय समितिको बैठक बसेको हो।
बैठकमा संगठन, विधान र समसामयिक मुद्दाबारे जिल्लाहरूमा पठाइएको परिपत्र र भएका छलफलको विषय महामन्त्री डा. शशांक कोइरालाले जानकारी गराएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
‘२५ वर्षपछि काठमाडौंबाहिर हेटौंडामा कांग्रेसको केन्द्रीय समितिको बैठक बस्यो। बैठकमा महामन्त्रीले सभापति भेलाको लागि संगठन, विधान संशोधन सुझाब र समसामयिक मुद्दाबारे जिल्लाहरूमा गरिएको परिपत्र र भएका छलफलको विषय जानकारी गराउनुभयो,’ शर्माले भने, ‘सभापतिको भेलामा अब यिनै विषयमा सभापतिहरूले प्रादेशिक रूपमा सामूहिक र जिल्लाका तर्फबाट आफ्ना सुझाबहरू राख्नहुन्छ।’
कसको पक्षमा कति सभापति ?
सभापति देउवा पक्ष : ३२
पौडेल पक्ष : ३७
सिटौला : ६
देउवा पक्षधर
अग्निप्रसाद पौडेल (धनकुटा)
डिकबहादुर लिम्बू (मोरङ)
प्रदीपकुमार सुनुवार (ओखलढुंगा)
दिनेश यादव (सप्तरी)
रामचन्द्र यादव (सिरहा)
रुद्रबहादुर खड्का (दोलखा)
लवश्री न्यौपाने (रामेछाप)
महेशशंकर गिरी (धनुषा)
महेन्द्रकुमार राय (महोत्तरी)
नागेन्द्रकुमार राय (सर्लाही)
पेम्बाछिरिङ तामाङ (रसुवा)
दुर्लभ थापा (भक्तपुर)
मदन अमात्य (ललितपुर)
इन्द्रबहादुर बानिया (मकवानपुर)
कृष्णप्रसाद यादव (रौतहट)
जयचन्द्र चौरसिया (बारा)
अजय द्विवेदी (पर्सा)
टेकबहादुर गुरुङ (मनाङ)
कमलप्रसाद पंगेनी (स्याङ्जा)
विष्णु लामिछाने (नवलपरासी)
अब्दुल रज्जाक (रुपन्देही)
दीपेन्द्रबहादुर थापा (बाग्लुङ)
खिमप्रसाद भुसाल (पर्वत)
डोल्पा अंगदकुमार (बुढा)
जयपति रोकाय (हुम्ला)
कर्णबहादुर मल्ल (डडेल्धुरा)
हरि बोहोरा (कञ्चनपुर)
कविराज पण्डित (बाजुरा)
भरतबहाुदर स्वाँर (अछाम)
हर्कजंगबहादुर सिंह (बझाङ)
प्रदीप देउवा (डोटी)
नरनारायण शाह (कैलाली)
पौडेल पक्षधर
नरेन्द्र केरुङ (पाँचथर)
हिमालय कमाचार्य (इलाम)
गोविन्द ढुंगाना (तेह्रथुम)
नन्दमणि राई (भोजपुर)
राजीव कोइराला (सुनसरी)
विनोदकुमार बस्नेत (सोलुखुम्बु)
नरेशकुमार श्रेष्ठ (खोटाङ)
उज्ज्वलप्रसाद बराल (सिन्धुली)
रमेश धमला (धादिङ)
जगदीश्वरनरसिंह केसी (नुवाकोट)
सवुज बानियाँ (काठमाडौं)
मधु आचार्य (काभ्रे)
विकास लामा (सिन्धुपाल्चोक)
जितनारायण श्रेष्ठ (चितवन)
भेषबहादुर पौडेल (लमजुङ)
कृष्ण केसी (कास्की)
वैकुण्ठनाथ न्यौपाने (तनहुँ)
भुवन श्रेष्ठ (गुल्मी)
वीरबहादुर राना (पाल्पा)
विष्णुप्रसाद खनाल (अर्घाखाँची)
सुरेन्द्रराज आचार्य (कपिलवस्तु)
याङजिङ विष्ट (मुस्ताङ)
खमबहादुर गर्जुवा (म्याग्दी)
प्रेमप्रकाश वली (रुकुम)
अमरसिंह पुन (रोल्पा)
अमरप्रसाद भण्डारी (प्युठान)
गणेश चन्द (सल्यान)
कीर्तिबहादुर खड्का (दाङ)
खड्गबहादुर शाही (मुगु)
दीपबहादुर शाही (जुम्ला)
दीपकजंग शाह (जाजरकोट)
कृष्णबहादुर बिसी (दैलेख)
कमलराज रेग्मी (सुर्खेत)
किरण कोइराला (बाँके)
सञ्जय गौतम (बर्दिया)
ललितसिंह बोहोरा (दार्चुला)
नरेन्द्रसिंह थापा (बैतडी)
सिटौला पक्षधर
हर्षबहादुर बम (कालिकोट)
दिपनकुमार श्रेष्ठ (संखुवासभा)
लीला बोखिम (ताप्लेजुङ)
हरिबहादुर घले (गोरखा)
उद्धव थापा (झापा)
विदुर बस्नेत (उदयपुर) – नयाँपत्रिकाको सहयोगमा