हिल्सामा गएरातीदेखि हिमपातः तापक्रम माइनस चार डिग्रीमा

| 2021 Apr 21 | 01:46 pm 405

हुम्ला, वैशाख ८ः नेपाल र चीनको सिमाना हिल्सामा मंगलबार रातीदेखि हिमपात भएको छ । हिमपात भएपछि तापक्रम माइनस पुगेर चिसो निक्कै बढेको हो ।

राती एक बजेबाट सुरु भएको हिमपात अहिले पनि जारी रहेको हिल्साकी होटेल व्यवसायी पाल्जोर लामाले बताए । सुरुमा पानी भएको हिमपात भए पनि पछि हिउँ मात्र पर्न सुरु भएपछि हिल्साको जमिन सेताम्मे भएको उनले बताएइन् । हिल्सामा रहेकी लामासँग चिनीयाँ सिममा सम्पर्क भएको हो ।

हिउ दुई फिटभन्दा बढी जमिनमा जमिसकेको र हिउँ पर्ने क्रम जारी रहेको उनले बताइन् । हिल्सामा स्थानीय सात जना भएको र सबै घरभित्र आगो तापेर बसिरहेको उनले बताइन् । यता सीमा सुरक्षा चौकीमा (बीओपी) सशस्त्र प्रहरी नायब निरीक्षक टिकाराम थापाको नेतृत्वमा २२ जना सुरक्षाकर्मी बस्दै आएका छन् । यो वर्षकै बढी हिमपात भएको कारण जनजीवन निक्कै प्रभाबित भएको उनले बताइन् । यसअघि पटक पटक गरी तीन पटक हिमपात हुँदा यतिधेरै हिउँ नपरेको उनले बताइन् ।

हिउँ परेपछि तापक्रम माइनस चार डिग्रीमा झरेको छ । केही वर्षयताकै पहिलो हिमपात भएको हो । पछिल्लो हिमपात हिल्सा मात्र नभई हुम्लाका तीन हजार पाँच सय मिटर अग्ला सबै स्थानमा जम्न थालेको सशस्त्र प्रहरी नायब निरीक्षक गजेन्द्र भण्डारीले बताए । हिमपातपछि पनि हिल्सामा रहेको बीओपीसँग सम्पर्क भइरहेको उनले बताए। यो हिमपात नाम्लाको पूरै क्षेत्र र सिमकोट गाउँपालिकाको केही भागमा परेको छ । सदरमुकाम सिमकोटदेखि तल भने वर्षा भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.