काठमाडौं, मंसिर १४ : काठमाडौंको शुक्रबार न्यूनतम तापक्रम ८ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ। बिहीबार काठमाडौंको तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस थियो भने बुधबार न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको थियो।
बिहीबार शून्यमा झरेको झरेको जुम्लाको तापक्रम शुक्रबार माइन १ डिग्री सेल्सियस पुगेको छ। बुधबार त्यहाँको तापक्रम माइनस १ दशमलन ३ डिग्री सेल्सियस थियो।
जोमसोमको तापक्रम आज ५ दशमलव २ डिग्री सेल्सियस छ भने बिहीबार बिहीबार ५ डिग्री सेल्सियस मापन गरिएको थियो। जिरीको तापक्रम बिहीबार १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो भने शुक्रबर ३ दशमलव ५ डिग्री मापन गरिएको छ।
डडेल्धुराको आजको तापक्रम ७ दशमलव ५, धनगढीको १०, विरेन्द्रनगरको ८ दशमलव ५, दाङको ११ दशमलव ४, पोखराको १२ दशमलव २, सिमराको १४, भैरहवाको १५, ओखलढुंगाको ९, ताप्लेजुङको ७ दशमलव ५, धनकुटा १० दशमलव ६, विराटनगर १३ र धरानमा १७, लुम्ले ८ र जनकपुरमा १४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।
मंसिर १४ गते (शुक्रबार),दिउँसो: देशैभरि आंशिक बदलि रहने सम्भावना छ| पश्चिमि उच्च हिमालि भु-भागमा हल्का हिमपात साथै पश्चिमि भु-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान सूर्योदय ६ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त बेलुका ५ बजेर ९ मिनेटमा हुनेछ।