हिमाली भेगमा हिमपात र पश्‍चिमी पहाडमा वर्षा हुने

| 2018 Dec 13 | 06:54 am 2762

काठमाडौं, मंसिर २७ : आज देशका पश्चिमि भुभागमा आंशिक देखि सामान्य बदलि रहनछ। मध्य तथा पुर्वी पहाडी भुभागमा आंसिक बदली रहि अन्य स्थान मौसम सामान्यतया सफा रहनेछ। पश्चिमि पहाडी भेगका १ वा २ स्थानमा क्षणिक वर्षाको संभावना रहेको छ। साथै हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री सेल्सियस छ। बुधबार ३ दशमलव ८ डिग्री पुगेको तापक्रम आज थोरै बढको हो। त्यसैगरी जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस मापन गरिएको छ। जोमसोमको तापक्रम पनि माइनस ४ डिग्रीमा झरेको छ।

त्यसैगरी जिरीको तापक्रम माइनस २ डिग्री सेल्सियस छ। लुम्लेको तापक्रम ३ दशमलव ५ डिग्री छ भने डडेल्धुराको तापक्रम ४ दशमलव ट र दिपायलको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्रीमा झरेको छ।

ताप्लेजुङको तापक्रम ४ दशमलव ५ डिग्री छ भने पोखराको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।

आज बिहान काठमाडौंमा सुर्योदय ६ बजेर ४६ मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बजेर १० मिनेटमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.