महेश सिंह सिरहा, असोज ८ः लहान नगरपालिका ५ स्थित कृष्ण भगवान ठाकुरवाडिको नाममा दर्ता रहेको कित्ता नं. १५२३, १५२५, १५२६ नम्बरको चार काठ्ठा ०५ धुर ०–०५ जग्गामा अनाधिकृत रुपले लहान नगरपालिकाले कन्या बिधालयको निर्माण गर्न लाग्दा कुनै धर्म विशेषको लागि अनुकुल हुने गरी अनाधिकृत रूपमा लकडाउनको मौका छोपी उक्त जग्गामा निर्माण गर्न लाग्दा हिन्दु धर्मावलम्बी संघले घोर आपति जनाएको छ।

उक्त जग्गा कृष्ण भगवान ठाकुरवाडिको नाममा करिब पचासौं बर्ष अगाडि देखि दर्ता भएको जग्गा हो । उक्त जग्गा हिन्दु धर्मकै मठ मन्दिर निर्माण हुनुपर्ने भदै ईलाका प्रशासन कार्यालय लहानका प्रमुख डा कृष्णबहादुर घिमिरेलाई ज्ञापन पत्र दिएका छन् ।
उक्त जग्गामा उच्च अदालत राजबिराजबाट निषेधाज्ञा मुद्दाको प्रक्रिया अगाडि बडाईने साथै बिरोध कार्यक्रम अन्तरगत हनुमान आराधना साहित्य सम्मेलन, घर घरमा अपिल बाडने, जागरण गर्ने, सेतो कपडामा हस्ताक्षर अभियान सुरु गर्ने, रजिस्टरमा हस्ताक्षर चलाउने, दैनिक रूपमा साङ्केतिक रूपमा बिरोध कार्यक्रम गर्ने लगायतका बिरोध कार्यक्रम गर्ने बताएका छन् ।
कार्यक्रमहरु शुक्रबार ९ गतेबाट निरन्तर रूपमा अगाडि बढाईने आयोजक शिवदेव शाहले जानकारी दिए ।
हिन्दु धर्मावलम्बीहरुले उक्त जग्गामा अबैध रुपले भईरहेको निर्माण रोका गर्न सम्पूर्ण हिन्दु धर्मावलम्बी संघ, संस्था आन्दोलन संघर्ष समिति गठन गरेको छ। संघर्ष समितिको सल्लाहकारहरुमा लक्षमण दास महन्थ, राम कुमार शास्त्री, हितराम दास, समितिहरुमा शुशिल चन्द्र अधिकारी ,राजेन्द्रप्रसाद यादव ,योगेन्द्र प्रसाद यादव, संजिप कुमार ठाकुर, शिवदेव साह, मनोज पासमान, शिवु यादव, राम स्वरुप महतो, रागनि सिंह, हरेराम मिश्र, राज कुमार यादव लगायतका दर्जनौं ब्यक्तिहरु रहेका छन् ।

उक्त जग्गा हिन्दु धर्मकै प्रयोजनको लागि धार्मिक संघ, संस्थाको सहमतिमा अगामि दिनमा जग्गाको प्रयोग गर्न गराउन लहान नगरपालिकालाई प्रेस बिज्ञप्ती मार्फद अनुरोध गरेका छन्।
नगर भित्र मठ मन्दिरमा भजन किर्तन समेत बन्द भएको अबस्थामा एउटा एउटा विशेष धर्मको नाममा दिन भरी नै ध्वनि प्रदुषण गर्न लहान नगरपालिकाले छुट दिएका छन् ।
२०६८ सालमा गौमता मन्दिरको सिलान्यास समेत भएको ठाँउ हो । मन्दिर सिलान्यास भएको केही दिन पछाडि गौहत्या भएको थियो। घटना भएको ठाँउमा २२ दलको सहमतिमा सो क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरेसंगै उक्त क्षेत्रमा हिन्दु, मुसलमान लगायत कसैले पनि निर्माण कार्य नबनाउन निर्णय भएको थियो।
लकडाउनको मौका छोपी लहानका मेयर मुनि साहले मुस्लिम धर्मशालाको उद्घाटन गरेका छन्। मेयर साहले उक्त कार्यले गर्दा हिन्दु बिरोधि रहेको सम्पूर्ण हिन्दु धर्मावलम्बी संघसंस्था आन्दोलन संघर्ष समिति लाहानले आरोप लगाएका आन्दोलन संघर्ष समितिका संयोजक सुशील चन्द्र अधिकारी जानकारी दिए।
उक्त जग्गा फिर्ता न भए हामी सम्पूर्ण हिन्दु संगठन चरणबद्ध आन्दोलनमा उत्रिने प्रेस विज्ञप्तिमा उल्लेख छन् ।