मकवानपुर, मंसिर १५/ बागमती प्रदेश प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) किरण राणाले केही हिंसाका घटनामा कमि आए जस्तो देखिए पनि कुनै न कुनै रूपबाट लैङ्गीक तथा घरेलु हिंसामा कमि नआएको बताएकी छन।डिआइजी राणाले प्रदेश प्रहरी कार्यालय हेटौंडाद्धारा आयाेजित लैङ्गीक हिंसा विरूद्धकाे १६ दिने कार्यक्रम अन्तर्गत अन्तरकृया कार्यक्रममा उक्त कुरा बताएकी हुन।डिआइजी राणाले पछिल्लो समय प्रकृति र स्वरूप परिवर्तन भएर लिङ्गकाे आधारमा हुने हिंसाको ग्राफ बढ्दाे क्रममा रहेको बताएकी छन।विगतमा बाेक्सीकाे आराेपमा हुने अमानवीय व्यबहारमा केही कमि आएपनि घरेलुु तथा लैङ्गीक हिंसाका घटनामा कमी हुन नसकेको बताएकी थिइन।विभिन्न बहानामा लिङ्गका आधारमा कुटपिट गर्ने र अमानवीय व्यबहार गर्दै हत्या समेत हुने गरेको राणाको भनाइ रहेको थियो ।हिंसाजन्य गतिविधि राेक्नका लागि नेपाल प्रहरीले एकीकृत सेवा प्रवाह गरेको पनि राणाले बताएकी थिईन।हिंसाजन्य क्रियाकलाप गर्नेका विरूद्ध कानुनी कारवाही गर्दै हिंसाका पिडीतलाई कानुनी सहायता दिइएको कुरा पनि डिआइजी राणाले बताएकी थिइन।