हावाहुरीले टहरो भत्किदा च्यापिएर एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 13 | 03:57 pm 1928

विराटनगर, वैशाख ३० : मोरङको कहटरी गाउँपालिकामा गए राति आएको हावाहुरीबाट टहरो भत्किदा च्यापिएर एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा कटहरी गाउँपालिका वडा नंं. १ का ५२ वर्षीय चन्द्र दास रहेका छन् ।

उनी सार्वजनिक जग्गामा टहरो बनाएर बस्दै आएकामा टहरो लच्किएपछि अन्य ठाउँमा जान आग्रह गर्दा नमानेको स्थानीयले बताए । बिहान करिब ५ बजे टहरो पुरै भत्किएको देखेर हेर्न जाँदा मृत अवस्थामा फेला परेको स्थानीय देव नारायण रायले बताएका छन् ।

प्रहरीले घटनाबारे जानकारी पाएपछि मुचुल्का गराएर पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएको छ । मृतकका श्रीमती र छोराछोरी अर्को टहरोमा सुतेका कारण सुरक्षित रहेका छन् । सो क्षेत्रमा करिब एक दर्जन सुकुम्वासीहरू सार्वजनिक जग्गामा घर बनाएर बस्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.