हावाबाट बिजुली निकालेर गाउँ नै उज्यालो

रिपोर्ट नेपाल | 2019 Dec 22 | 09:23 am 2048

पाल्पा, पुस ६: हावाबाट बिजुली निकालेर पाल्पा निस्दी गाउँपालिका–४ का १ सय ५० घरधुरी उज्यालो बनेका छन् ।

दुई वर्षअघि मिल्यालमा हावाबाट बिजुली उत्पादन सफल परीक्षण भएको थियो । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र निस्दी गाउँपालिकाको गरी दुई करोड १५ लाख संयुक्त लगानीमा हावा र सौर्यबाट उत्पादित २५ किलोवाट बिजुलीले पाँच गाउँ उज्यालो बनेको हो ।

२५ किलोवाट बजिुलीले निस्दी ४ स्थित झ्यालटुङ, रुक्सेभञ्ज्याङ, काफलडाँडा, मौलाथर, मित्याल बजारका १ सय ५० बढी घर उज्यालो बनेको उपभोक्ता समितिका अध्यक्ष भूपिन्द्र सुनारीले जानकारी दिए । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.