हाडनाता करणी मुद्दाका फरार अभियुक्त पक्राउ

| 2021 Jul 16 | 04:08 pm 297

माेरङ, साउन १ः हाडनाता करणी मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ दर्बेसा
नगरपालिका-३ बस्ने वर्ष ४६ को रोहित विश्वकर्मा रहेका छन् ।

काल्पनिक नाम दर्वेशा ढकणको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रोहित विश्वकर्मा भएको हाडनाता करणी मुद्दामा सम्मानित उच्च अदालत विराटनगरको २०७४।३।२८ गतेको फैसलाले उनलाई १७ (सत्र) वर्ष कैद र २ हजार रुपैयाँ
जरिवाना हुने ठहर भएको थियाे ।

उक्त सजाय वेरुजू रही फरार रहेकोले अभियुक्तलाई ब्यूराेबाट खटिएको टोलिले मिति २०७८/०४/०१ गते अमरदह नगरपालिका-१ खैरबारी मोरङबाट पक्राउ गरेको र अभियुक्तलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मोरङमा पठाईएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.