हवाइ टिकटमा मनपरी विपद्का बेला लुट

| 2024 Oct 02 | 01:53 pm 365

काठमाडौँ, आश्विन १६ / वायुसेवा कम्पनीले सामान्य मानवीय व्यवहारको समेत ख्याल नगरी चर्को भाडा असुलेपछि एअरलाइन्सको काउन्टर तोडफोडसम्मको अवस्था सिर्जना भएको छ ।

पहिरोको कारण उपत्यकाबाट बाहिरिनेरभित्रिने मुख्य राजमार्गहरूमा अवरोध भएपछि मानिसहरू हवाई मार्गबाट जान खोज्दा हवाई टिकटको अभाव भएको हो। हवाइ कम्पनिहरु कमाउने मौका यही हो भनेर चर्को असुलीमा लागेका छन् । सरकार भने रमित बनेको छ । भाडा घटाउन ‘अनुरोध’ गरेर सरकारले नागरिक दायित्व पुरा गरेको नाटक गरिरहेको छ । हवाइ कम्पनिहरुले सरकारको अुनरोधलाई टेरेका छैनन् ।

अविरल वर्षाले सडक यातायात अवरुद्ध भएपछि हवाई उडानमार्फत उपत्यकाबाहिर जाने एक मात्र विकल्प भएको मौका छोपेर वायुसेवा प्रदायकले टिकट बिक्रीमा दोब्बर मूल्य असुल्ने तर समयमा उडान नगरेपछि यात्रुहरू आक्रोशित हुन थालेका हुन् ।

यस्तो ‘निर्मम व्यवहार’ले पीडित यात्रुहरूले मंगलबार यति एअरको काउन्टरसमेत तोडफोड गरे । यति एयरको कर्मचारीलाई समेत हात हालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.