काठमाडौं, वैशाख १२: अन्नपूर्ण हिमाल आधार शिविरबाट फर्कने क्रममा एक विदेशी नागरिक बेपत्ता भएपछि उनको खोजीका लागि दुई वटा हेलिकोप्टर त्यसतर्फ पठाइएको छ ।
अन्नपूर्ण १ सफल आरोहरण गरेर फर्कने क्रममा मलेसियन नागरिक वि किन चिन दुई दिनदेखि बेपत्ता भएको समाचार प्राप्त हुनासाथ त्यस तर्फ हेलिकोप्टर पठाइएको हो । अहिले उनको खोजी र उद्दार गर्न सिम्रिक एयरलाइन्सको २ वटा हेलिकोप्टर त्यसतर्फ लागेका छन् ।
सिम्रिक एयरको 9N-ALT र 9N-AKD कल साइन रहेको हेलिकोप्टरबाट उद्दार गर्न टोली त्यसतर्फ लागेको सिम्रिक एयरलाइन्सका मार्केटिङ चिफ योगेश सापकोटाले जानकारी दिए ।