हराएका मनोज महतको तीन दिनपछि शव फेला

रिपोर्ट नेपाल | 2019 Jun 18 | 01:49 pm 1657

कपिलवस्तु, असार ३:   तीन दिन देखि हराएका मनोज महतको शव फेला  मंगलबार परेको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ पडेरियामा स्थानीय मोहन गुरूङको मकै बारीमा वडा नम्बर ९ का २५ वर्षीय मनोज महत क्षेत्रीको शव फेला परेको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिए ।

मृतक युवकले सधैं अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको स्थानियले बताए । तीनदिन देखि युवक सम्पर्क विहिन रहेको वडा अध्यक्ष धुव्र बेल्वासेले जानकारी दिएका छन् ।

युवक मृत अवस्थामा फेला परेको भनि ईलाका प्रहरी कार्यालय पिपरामा जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक आयुष प्रसाद जोशीको कमाण्डमा प्रहरी टोली उक्त घटनास्थलमा गएर थप अनुसन्धान जारी राखेको बताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.