हत्या गरेको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल | 2024 Mar 17 | 07:15 am 437

संखुवासभा, चैत ४। सभापोखरी गाउँपालिका-२ तल्लो ज्यामिरे बस्ने २९ वर्षीय रविन चामङलिङ राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय सङचिल राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

आपसी विवादको क्रममा सङचिलले धारिलो हतियार खुकुरी प्रहार गर्दा रविन गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुपुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते रविनको जिल्ला अस्पताल संखुवासभा हुँदै घोपा धरानमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.