हत्या गरेको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल | 2024 Mar 10 | 07:04 am 317

काभ्रे, फागुन २७। नमोबुद्ध नगरपालिका-५ कानपुर बस्ने ५९ वर्षीय धनबिर दमाईलाई लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ४० वर्षीया कमला परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कमलाले मादक पदार्थ सेवन गरी लठ्ठी प्रहार गर्दा धनबिरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.