हत्या गरी टाउकाे र हतियारसहित प्रहरी समक्ष आत्मसमर्पण

रिपोर्ट नेपाल | 2020 Sep 04 | 12:48 pm 2167

धादिङ, भदाै १९ः गएराति जिल्लाकाे निलकण्ठ नगरपालिका वडा नं १३ मा एक जनाकाे हत्या भएकाे छ । हत्या हुनेमा  वर्षीय ६४  सोम गुरुङ रहेका छन् ।

आपसी झगडामा हुँदा साेही ठाउँका २६ वर्षीय राजु परियारले धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

हत्यापछि मृतक गुरुङ्गको टाउको र खुर्पा समेत लिएर परियार जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमर्पण गरेको प्रहरीले बताएको छ । हत्या गरेर टाउको र आफूले प्रयोग गरेको हतियार झोलामा ल्याएर प्रहरीमा आत्मसमर्पण गरेको छ, प्रहरी उपरीक्षक रबिन्द्र रेग्मिले बताए ।

शवलाई मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको उनले जनाए । गम्भीर खालको घटना भएकोले थप अनुसन्धान भइरहेको रेग्मिले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.