तनहुँ, पुस २९ः जिल्लाको ब्यास नगरपालिका ११ दरैपधेरा स्थित भित्री सड्क खण्ड छेउमा अपरिचित पुरुष ब्यक्तिको टाउमा समेत चोट लागि रगताम्य भई मृत अवस्था फेला परेको छ । फेला पर्नेमा पोखरा महानगरपालिका वडा नं. ८ का ३३ वर्षीय किरण कुमार गुरुङ रहेका छन् ।
स्थानीयबाट उक्त घटनाको प्रहरीलाई सूचना प्राप्त हुन साथ प्रहरी उपरीक्षक समेतको अनुसन्धान टोली खटिगई अनुसन्धान तथा मुचुल्का गरिएको थियो ।
सो मृत व्यक्तिको टाउको र घाटी वरिपरिको भागमा फोरुवा र खुर्पा प्रहार गरी हत्या गरेको जस्तो अवस्थामा फेला पारी तत्काल तालिम प्राप्त कुकुर र प्राबिधिक सहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल दमौलीमा ल्याईएको प्रहरीले जानकारी दिएको हो ।
उक्त घटना अनुसन्धानको क्रममा शंकित २ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।