हत्या आरोपमा जेल गएका पूर्व माओवादी नेता ढुंगेलसहित ८१६ कैदीलार्इ आममाफी

रिपोर्ट नेपाल | 2018 May 29 | 08:00 am 4890

काठमाडौं, जेठ १५ : द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका पूर्व माओवादी नेता बालकृष्ण ढु‌गेलसहित ८१६ जनालार्इ आममाफी दिइएको छ ।

गणतन्‍त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ढुंगेलसमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा एघारौँ गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा असल चालचलनका कैदीको सजाय छोट्याई सोमबार माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.