हतियार सहित मानिस पक्राउ

रिपोर्ट नेपाल | 2022 Dec 01 | 08:45 pm 1489

बर्दिया, मंसिर १५ः बर्दिया राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारी सहितको संयुक्त गस्ती टोलीले मिति २०७९ मंसिर १४ गते बर्दिया जिल्ला, बाँसगढी नगरपालिका वडा नं. ८ स्थित बनगाँई ईलाकाबाट लुकाई राखेको अवस्थामा देहाय बमोजिमका सामाग्री सहित एक जना व्यक्तिलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्‍ज कार्यालयलाई बुझाएको छ ।

(क) भरुवा बन्दुक नाल-१
(ख) भरुवा बन्दुकको जगेडा ब्यारोल गोटा-१
(ग) भरुवा बन्दुकको बारुद भर्ने गज गोटा-१
(घ) बारुद-१५ ग्राम
(ङ) डेटोनेटर गोटा-८
(च) भरुवा बन्दुकको केप गोटा-२१
(छ) भरुवा बन्दुकमा प्रयोग हुने ठुलो छर्रा गोटा-६५
(ज) भरुवा बन्दुकमा प्रयोग हुने सानो छर्रा गोटा-४५०
(झ) भरुवा बन्दुकमा प्रयोग हुने गोली गोटा-१७५

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.