काठमाडाैं, असाेज ६ः खप्तड राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले मिति २०७८/०६/०५ गते शिकार गर्ने उद्देश्यले आएका दुई जना शिकारीलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा बझाङ खप्तड छान्ना गाउँपालिका वडा नं. १ बस्ने बर्ष ५९ को दिल बहादुर जेठारा र बर्ष ३५ को विरेन्द्र बहादुर कार्की रहेका छन् । उनीहरूलाई सोही गाउँपालिका स्थित पौवागढी स्थानबाट भरुवा बन्दुक १ नाल , बन्दुको गोली ५ थान, बारुदको डिब्बा २ थान र भरुवा बन्दुको केप डिब्बा १ थानसहित पक्राउ गरी आवश्यक कारवाहीको लागि खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, बाजुरामा बुझाईएकाे छ ।