बारा कात्तिक २३/ इलाका प्रहरी कार्यालय सिम्राैनगढकाे टाेलिले भगवानपुरका उपेन्द्र पटेलकाे घरमा छापा मार्दा ७ थान रिभल्वर,१ थान नलकटुवा पेस्तोल र २ राउण्ड गाेलि फेला पारेको छ।विशेष सुराकीको आधारमा छापा हान्न गएको टाेलीले हतियार सहित पटेल लगायत ५ जनालाई पक्राउ गरेको छ।हतियार लुकाएको आराेपमा पक्राउ पर्नेमा पटेलका ६२ वर्षिय बाबू रूपलाल पटेल ,भाइ धिरेन्द्र पटेल,राैतहट बाैधिमाई नगरपालिका वडा नम्बर २ बस्ने राजमंगल पटेल र ८० वर्षिय शाेभा राउत रहेका छन।हतियार कस्काे र के प्रयाेजनका लागि लुकाइएकाे हाे प्रहरीले अनुसन्धान गरिरहेकाे छ।