हतियार देखाएर घरमा लुटपाट

| 2023 Nov 12 | 01:02 pm 765

जनकपुर, कार्तिक २६ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजमा गएराति एक घरमा डकैती भएको छ ।

स्थानीय रामकेवल महतोको घरमा डाँका समूह राति करिव १२ बजेको समयमा प्रवेश गरी लुटपाट र डकैती गरेको महतोले जानकारी दिएका हुन् ।

हतियार सहित आएका डाँकाको समुह  पाँचजनाको रहेको र  आफुमाथि पेस्तोल तेर्स्याउँदै नगद, सुनचाँदीकोे गरगहना निकाल भन्दै लुटपाट गरेको पीडित महतोको भनाई छ ।

महतोले डाँका समूहमाथी  प्रतिकार गर्न खोजेको तर हतियार सहित आएका उनीहरुले ज्यान लिने धम्की दिई पेस्तोल ताकेर मोबाइल फोन, श्रीमतिको मंगलसुत्र,  घरमा रहेको दराज पेटी फुटाएर नगद, गरगहना लिएर गएको उनको भनाई छ ।

डाँका समूहले महतोको घरबाट नगद ५० हजार, डेढ तोला सुन, ३० तोला चाँदी र ३ सेट मोबाइल फोन लुटेर लगेको  जानकारी दिएका छन् ।

घटना लगतै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराएको तर प्रहरी समयमा नपुगेको महतोको गुनासो छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.