काठमाडौं ३ साउन । प्रिय चन्द्र दाई !प्रणाम ।
नेपाली काङ्ग्रेसको इतिहास विगत देखि नै उतारचढाव हुँदै आइरहेको छ । पार्टी मासबेसमा आधारित भएकोले व्यत्ती प्रधान रहन्छ । २००६ सालमा एकीकृत भएको नेकामा शुवर्ण शमसेरको लगानी, गणेशमानको त्याग, किसुनजि र विपिको बिचार, मार्गदर्शन र समर्पणले ओतप्रोत छ ।
२०१५,२०५१, २०५६ र २०७८ गरि पटकपटक भएका निर्वाचनमा खुम्चिने र तङ्ग्रेने गर्दै पार्टि यो अवस्थामा रहेको कुरा विदितै छ । यो पार्टी प्रजातान्त्रिक भएर होला यसमा घात र प्रतिघात निरन्तर चल्दै आएका छ्न । यस्ता कार्यमा तपाईंको पनि नाम यदाकदा जोडिदै आएको छ, यसको खण्डन भएको देखिदैन । सच्चा प्रजातन्त्रवादीले यो कुरा नचिर्नु पक्कै पनि सुखद होइन । मानवबाट गल्ती र कमजोरी हुनु ठूलो कुरा होइन । यो मित्थ्या आरोप मात्र थियो कि सत्य ? दाइ हामी अवाक र अलमलमै परिरहने भयौ ।
लोकका प्रिय चन्द्र दाइ ! तपाईंको बिचार र भावना जनजनमा असरल्ल छ। हामी पनि आतुर थियौ तपाईं छाटिएर कार्यकारी पदमा पदासिन भएको हेर्न । यो सरकारमा पार्टीका तर्फबाट १० जना मन्त्री जादा के फरक पर्थ्यो (१ जना) दाइको सहभागिता ? दाइको योग्यता, लोकप्रियता र बिकासप्रेमबाट तर्सिएका त होइनन् यिनिहरू ? गुल्मेलि जनताको अबमुल्यन त गरेनन कतै ? दाइसित न गुटबन्दी थियो, न चाकडी न त कुनै स्वार्थ ।
त्यत्रो जलनको पीडा सहि, मृत्युलाई नजिककबाट नियाली सकेर पुनर्जीवनलाई केबल देशप्रेम, विकास र राष्ट्रनिर्माणकार्यमा समर्पण हुन खोज्नु गलत थियो र ? यो अर्ग्रेल्याइबाट हजुरको त केही नोक्सानी भएको जस्तो लाग्दैन, केबल (गुल्मेली) नेपाली जनता विकास र आधुनिक नेपाल हेर्न बिमुख रहने भए । तपाईंको कद त अझ बढेको आभास भएको छ । आरोप पनि कतिसम्म लगाउन भ्याएका बालकोट्मा गएर मन्त्री माग्यो सम्म भन्न भ्याए । प्रिय दाइ यस्तो सङ्गिन र निर्लज्ज आरोप लगाउनेलाई के जवाफ दिने ?
प्रिय दाइ, समयले साथ दियो भने छिट्टै यो सरकारको अबसान होस । आगामी सरकार प्रत्यक्ष जनउत्तरदायी र जवाफदेही सरकार बनोस, जनतालाइ सेवा पुर्याइ, लोकरिझाइको लागि मार्ग खुलोस । देशको मुहार फेरियोस, युवा पलायन रोकियोस, हाम्रो जिल्लाको बोटे समुदायले जस्तै अन्य भुभागका गरिव र निमुखाले पनि सेवा लिने अबसर पाउन ।
अन्त्यमा, दाइ यो अपमानको बद्ला समय आएपछि देखाइदिनुपर्छ । तपाइसित अत्तालिएकाहरुलाइ आगामी महाधिवेशनले तय गर्नेछ, आगामी महाधिवेशनमा उपसभापति होइन काङ्ग्रेसको सभापति बन्नुपर्छ, देशको प्रधानमन्त्री बन्नु पर्छ, मन्त्री बन्ने होइन बनाउन लाग्नु पर्छ ।
विलक्षण प्रतिभा र लोकप्रियता पनि घातक भयो क्यार, केटाहरु तर्सिए । अर्कोपटक समग्र गुल्मी र देशलाइ वेइमानी नहोस । तपाइँको स्वास्थ र विचार अझै अटुट र अजर बन्दै जाओस । दाइको पुर्ण स्वास्थलाभको कामना गर्द्छु । साउने सक्रान्तिले सम्पुर्ण दुख कष्ट हरण गरोस । शुभकामना । इति । जय नेपाल !
अजित भण्डारी
धुर्कोट-५, गुल्मी
हाल: काठमाडौ ।