स्वीटजरल्याण्ड जस्तो कुरी बजारमा लायन्सको बैठक सम्पन्न

रिपोर्ट नेपाल | 2023 May 22 | 04:27 pm 1541

काठमाडौं, जेठ ८ः लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आए नेपालको चौंथो क्यावीनेट बैठक दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकाको रमणिय तथा पर्यटकीय स्थल कुरी बजारमा हालै सम्पन्न भएको छ ।

देशभरबाट झण्डै चार सय सदस्य सहित विष्णु भण्डारीको संयोजकत्वमा गएको टोलीलाई स्थानीयले फुलमालाले स्वागत गरेका थिए ।

कार्यक्रम संयोजक विष्णु भण्डारीले रिपोर्ट नेपाललाई दिएको जानकारी अनुसार उक्त बैठकमा प्रमुख अतिथि एल सी आई अफ एरिया लिडर्स राजन लम्साल रहेका थिए ।

No description available.

आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले राखिएको बैठकमा डिष्ट्रिक गभर्नर राम बसेल, डिष्ट्रिक प्रथम महिला भावना बसेल, पिएमसीसी मन बहादुर रोका, पिडिजी इन्दु लम्साल, चन्द्र कुमार केसी, बिनोद ढुंगाना, पार्वती खरेल, हरीराज पन्त, सूर्य नारायण बराल, सूर्य केसी लगायतको उपस्थिति रहेको थियो ।

कुरी बजारमा अहिले जेठ महिनामा पनि मौसम दुई सेण्डीग्रेट रहेको र लेक लागेको संयोजक भण्डारीले बताए । भण्डारीका अनुसार सुन्दरताका हिसाबले कुरी बजार स्विटजरल्याण्ड भन्दा फरक नरहेको र यसको प्रचार प्रसार गर्न आवश्यक रहेको पनि बताएका छन् ।

राजनीतिक नेतृत्व पारिवारीक र धुपौरेको पेरिफेरीमा घुम्दा कुरी बजार जस्ता रमणीय ठाउँ ओझेलमा परेको भण्डारीको भनाई रहेको छ । कुरी बजारमा साना मझौला र ठूला गरी झण्डै दुई सय होटल रहेका छन् ।

धेरै ठाउँको भ्रमण गरियाृ जीवनमा पहिलो पटक दिल खुशी भएको यही बैठकका लागि चयन गरिएको कुरी बजारले भएको भण्डारीको भनाई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.