स्विस सरकारद्वारा नेपाललाई स्वास्थ्य सामाग्री प्रदान

रिपोर्ट नेपाल | 2020 Jul 25 | 07:56 am 2391

काठमाडौं, साउन १०ः नेपालस्थित स्विस राजदूतावासले विश्व प्रशिद्ध स्विस ‘रोश ग्याग्नोस्टिक कम्पनी’ र रोशकै मातहतका कम्पनीबाट निर्मित कोरोना संक्रमण पत्ता लगाउने ४० हजार थान उच्च गुणस्तरको ‘पिसिआर परीक्षण किट’ र ४० हजार थान नै ‘हाई प्योर आरएनए एक्स्ट्राक्सन किट’ दोस्रोपटक नेपाल सरकारलाई उपलव्ध गराएको छ ।

दोस्रोपटक शुक्रबार सरकारलाई उपलव्ध गराईएको किटको पहिलो लट अर्थात २०/२० हजार थान काठमाडौं उत्रिएको हो भने केही दिनभित्रै बाँकी २०/२० हजार थान ९दोस्रो लट० नेपाल आईपुग्ने नेपालका लागि रोश कम्पनीको एकमात्र विक्रेता डाइग्नोटेक सर्पोट प्रालिका कार्यकारी अध्यक्ष सुशील थापाले बताए ।

यसअघि डाइग्नोटेक सर्पोट प्रालिकै पहलमा स्विस राजदूतावासले नेपाल सरकारलाई गत मे महिनामा ३० हजार थान पिसिआर टेस्टिङ्ग किट र ३० हजार थान नै हाई प्योर आरएनए एक्स्ट्राक्सन किट उपलव्ध गराएको थियो ।

त्यसैगरी रोश कम्पनीबाटै निर्मित करीव ९० लाख मुल्य बराबरको ‘रियल टाईम पिसीआर लाइट साईक्लर ४८० दुई’ दुईवटा मेसीन स्विस राजदूतावासले १ नं प्रदेशको लागि शुक्रबार नै हस्तान्तरण गरेको छ । ती दुईवटा मेशीन १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई स्विस राजदूतावासका प्रतिनिधिले हस्तान्तरण गरेका छन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.