स्वास्थ्य सामाग्री वितरण गर्न राहत अभियान्ता महतो घर–घर पुग्दै

रिपोर्ट नेपाल | 2021 Jun 15 | 04:46 pm 469

सप्तरी, असार १ः राहत अभियनता गुनान्द महतोका एक समुहले दिन दुःखीहरुलाई राहत वितरण गर्न लगेका हुन्।

सके सहयोग गरौ नसके घरमै बसौ मुलनाराको साथ कुशवाहा राहत सङ्कलन तथा बितरण महाअभियानका संयोजक गुनानन्द महतोको अगुवाईमा अभियानका टोलि सुनसरीको भोक्राहा ढोकको गाउँ बस्तिमा स्वास्थ सामाग्री सहित खाने सामाग्री लिएर गरिब तथा अति बिपन्न परिवारमा पुगेका छन् ।

No description available.

स्वास्थ सामाग्री माक्स, सेनिटाईजर र साबुन अनि खाद्य सामाग्री च्युरा, चाउचाउ, बिस्कुट सहितको सामाग्रीहरु स्थानीयको सहयोगमा करिब ५० भन्दा बढी अति बिपन्न परिवारमा बितरण गरियो भन्ने जानकारी अभियानका सदस्य तथा महाअभियान्ता रामनारायण मेहताले जानकारी गराए ।

अभियानमा समलग्न महाअभियानका सल्लाहकार तथा कुशवाहा समाजका गाउँपालिका अध्यक्ष मधुलाल मेहताका अनुसार अहिलेको विषम परिस्थितिमामा सरकारद्वारा कुनै सहयोग नआएको हुँदा यस गाउँपालिकाको अति बिपन्न परिवार निरास भएको बेला कुशवाहा राहत सङ्कलन तथा बितरण महाअभियानले सानै सहयोग गरेता पनि अति बिपन्न परिवार खुसी भएका छन्।

जनचेतना मुलक कार्यक्रम र राहत सामाग्री पाउँदा स्थानीयहरुले सबै अभियन्ताहरु र कुशवाहा समाजलाई धन्यवाद दिएको कुरा कुशवाहा समाजका वडा अध्यक्ष जय प्रकाश मेहताले जानकारी दिए ।

उक्त महाअभियानमा संयोजक गुनानन्द महतो, सदस्यहरु रामनारायण मेहता, बब्लु मेहता सुरेश मेहता, सिभकुमार मेहता, अर्जुन मेहता, पवन मेहता, कुशवाहा समाजका गाउँपालिका अध्यक्ष मधुलाल मेहता, समाजका वडा अध्यक्ष जय प्रकाश मेहता, सचिब डिएन मेहता लगायत विद्यार्थी समाजका गाउँपालिका अध्यक्ष उमेश मेहता समेतको उपस्थित रहेको कुशवाहा राहत सङ्कलन तथा बितरण महाअभियानका संयोजक महेताले जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.