स्वास्थ्य मन्त्री खतिवडाद्वारा कोभिड विशेष अस्पतालकाे निरीक्षण

रिपोर्ट नेपाल | 2022 Jan 18 | 05:32 pm 1541

धनुषा, माघ ४ः नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जनकपुरधामस्थित कोभिड विशेष अस्पतालको निरीक्षण गरेका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित कोभिड विशेष अस्पतालको मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाको टोलीले अनुगमन तथा निरीक्षण गरेको हो । उनले निरीक्षणका साथै अस्पताल र स्वास्थ सम्बन्धी विशेष छलफल गरे ।

निरीक्षणको क्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. रामकेवल साहले प्रदेशको मातहतमा सञ्चालित कोभिड विशेष अस्पताललाई ध्यान दिन आग्रह गरे ।

यस्तै प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव इमनरायण श्रेष्ठले कोभिडको विशेषलाई सुविधा समपन्न बनाउन मन्त्रीलाई आग्रह गरे । उक्त टोलीमा मन्त्रालयकी प्रवक्ता डा।संगिता मिश्र, अस्पतालका चिकित्सक लगायतको सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.