स्वास्थ्य मन्त्रालयबाटै ५ सय प्याकेट सुर्ती बरामद

रिपोर्ट नेपाल | 2018 Jun 16 | 09:45 am 3356

काठमाडाैं, २ असार : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रहरीले दुई महिनाको अवधिमा ७ सय थान सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरे पनि कर्मचारीकै उदासीनताका कारण घोषणा कार्यान्वयनमा समस्या भइरहेको छ ।

मन्त्रालयले १६ वैशाख २०७४ बाट मन्त्रालय हाताभित्र सुर्तीजन्य पदार्थ निषेध गरेको थियो । त्यसयता मन्त्रालय परिसरमा प्रत्येक दिन दुईजना प्रहरीले खानतलास गर्दै आएका छन् । मन्त्रालयका कार्यरत प्रहरी हवल्तार चन्द्र हमालले कर्मचारी तथा मन्त्रालयमा सेवा लिन आउने सेवाग्राहीबाट सो परिमाणको सुर्तीजन्य पदार्थ बरामद गरेको बताए । यसमा कर्मचारीको संख्या उल्लेख्य छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.