काठमाडौं, मंसिर १९: काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विकास दिनेले भन्दा सेवा लिने समुदायको बढी सकृयता भए मात्रै निर्माण हुने योजनालेप्रभावकारीता पाउने बताएका छन् ।

बिहीबार नारायण गोपाल संगीतकोषले आफ्नै भवनको प्रांगणमा आयोजना गरेको २९औं स्मृती दिवस तथा नाराणगोपाल पेमला गूरुवाचार्यगीत गंगा भवनको शिलान्यास कार्यक्रममा मेयर शाक्यले उक्त कुरा बताएका हुन् ।
संगीतकोषको प्रांगणमा महानगरापालिकाको आर्थिक सहयोगमा निमार्ण हुने पाँचतले सेवा सुविधा सम्पन्न भवनको शिलन्यास गर्दै मेयर शाक्यले महानगरपालिका कलाको विकास र कालाकारको सम्मान गर्न नचुक्ने बताउँदै गीतगंगा भवन निमार्णका लागि यो वर्ष ३ करोड छुट्याएको र रकमको कमी हुन नदिन प्रतिज्ञा समेत गरेका थिए ।

संगीत कोषका अध्यक्ष उषा शेरचनको सभापतित्वमा सम्पन्न कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निकै लामो प्रयासपछि स्वरसम्राट नारायणगोपालको सपना पूरा हुन लागेको बताए । नेपाली सुगमसंगीतका अजम्बरी गायक नारायणगोपालको ढिलै भएपनि सम्मान भएको मन्त्री मानन्धरको भनाई रहेको थियो ।

स्वरसम्राट नारायणगोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । यसौं गीत गाएर नेपाली श्रोताको वाहीवाही पाएका नारायणगोपालका यो सम्झने मन छ म विर्सु कसरी, एउटा मान्छेको मायाले कति , म त लालीगुँरास भएछु जस्ता दर्जनौं गीत अहिले पनि श्रोतामाँझ कर्णप्रीय छन् ।
संगीत कोषका महासचिव दिपक केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम स्वरसम्राटका कलाकारले गीत गाएर समापन भएको थियो ।

नारायणगोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट स्मृती सम्मानबाट यो वर्ष गायक गीतकार तथा गीतकार जगतमर्दन थापा र संगीतकार रंजीत गजमेरलाई सम्मान गरिएको थियो । संगीत कोषद्वारा आयोजित कार्यक्रममा गीत गाउँने कलाकारलाई बरिष्ठ संगीतकार राजकुमार श्रेष्ठले संगीत निर्देशन गरेका थिए ।