स्लोभाकिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ 

| 2023 Feb 08 | 02:31 pm 1341

काठमाडाैं, माघ २५ः स्लोभाकिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा  लमजुङ  मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी स्थाई घर भई हाल काठमाडाैं महानगरपालिका वडा नं. ४ सुकेधारा बस्ने वर्ष ३९ की मधुमाया थापा रहेकी छन् ।

उनले लक्ष्मण शाही समेतलाई वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाईदिन्छु, स्लोभाकियामा पुगेपछि प्रतिष्ठित Agriculture कम्पनीमा Food packing को काम लगाईदिन्छु भनि प्रतिव्यक्ति रु. ९ लाख रुपैयाँ लाग्ने र मासिक रु. १ लाख ५० हजार सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा रु. ८ लाख ५० हजार रकम लिई सम्पर्क विहीन भएकी थिइन् ।

ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा निज मधुमाया थापालाई खोजतलास गर्ने क्रममा साेमबार कामनपा वडा नं. ४ सुकेधाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.