स्रोत नखुलेको  ४० लाख रकम सहित एक जना पक्राउ

| 2020 Nov 06 | 03:32 pm 2067

काठमाडाैं, कात्तिक २१ः स्रोत नखुलेको  ४० लाख रकम सहित एक जनालाई  प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ब्यास गुप्ता रहेका छन् ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गामा बुटवलबाट आएको रात्रि बसका यात्रीका सरसामान चेकजाँच गर्ने क्रममा गुप्तासँग रहेकाे उक्त रकम बरामद गरेको  प्रहरीले जानकारी दिएकाे हो ।

स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्राकृया अघि बढाएकाे महानगरीय प्रहरी प्रभागले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.