काठमाडाैं, भदाै २५ । नेपालगञ्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगद सहित एकजना सरकारी अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन्।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलाबाट श्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए। कर अधिकृत सापकोटाका साथमा रहेका अर्का एक जना व्यक्ति भने फरार भएका छन् ।
उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए। सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।