स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2022 Jul 15 | 07:50 am 1157

सर्लाही, स्राेत नखुलेकाे अवैध रकमसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत जिल्ला सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा वडा नं ११ बस्ने वर्ष ३० का बिजय ठाकुर रहेका छन् ।

मलंगवा बजार तर्फ BR 30 X 5544 नं. को मोटरसाईकलमा सवार उनलाई मलंगवा नगरपालिका वडा नं ८ गोरखकाली स्थित खटिएको प्रहरी टोलीले चेकजाचँ गर्ने क्रममा उनकाे साथबाट स्राेत नखुलेकाे नेपाली रूपैयां पाँच लाख एघार हजार पाँच सय र भारू पाँच हजार बरामद गरेकाे थियाे ।

चेकजाँच गर्दा उनले लगाएको हेलमेटको भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त स्रोत नखुलेको रकम फेला परेकाे थियाे । साथै उनको साथबाट मोवाईल फोन थान-१ समेत फेला पारी उल्लेखित रकम, मोवाईल फोन तथा मोटरसाईकल समेत बरामद गरी ठाकुरलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.