स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्री लेखकको निर्देशन

| 2025 Jul 14 | 12:54 pm 2297

काठमाडौँ ३० असार / गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिएका छन्। सोमबार गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी थापासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी गएकाहरूमाथि छानबिन गर्न मन्त्री लेखकले निर्देशन दिएको सचिवालयले जनाएको छ।

‘प्रधानमन्त्री ज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत् स्पेन भ्रमण गए भन्ने विषय छानविन गर्न निर्देश गरेको छु ,’मन्त्री लेखकले भने,जानका लागि भिजिट भिषाको प्रबन्ध कस्ले गर्‍यो? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’

उक्त विषयको गहन छानविनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । ‘यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिने छ,’उनले भने । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए।

प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएको थियो। प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डल फर्किएपछि रास्वपाकी सांसद सोविता गौतमले असार २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री सहभागी स्पेनको भ्रमणमा गएकामध्ये केही व्यक्ति नर्फिएको विषयमा समाचार सार्वजनिक भएको भन्दै संसदको ध्यानाकर्षण गराएकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.