मड्रिड । स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार सपथग्रहण गर्ने छन् । निवर्तमान प्रधानमन्त्री मारिआनो राजोएले आवश्यक विश्वासको मत संसद्मा पाउन नसकेपछि सान्चेज शुक्रबार नयाँ प्रधानमन्त्री बनेका हुन्र ।
निवर्तमान प्रधानमन्त्री राजोए विरुद्ध नेता सान्चेजले नै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।समाजवादी नेता नवनिर्वाचित प्रधानमन्त्री सान्चेज ४६ वर्षीय अर्थशास्त्री हुन । तर सरकार सञ्चालनको अनुभव भने छैन । स्थानीय समयानुसार बिहान ११ बजे राजा फेलिपे छैठौंको अगाडी मड्रिडमा रहेको राजदरबारमा सपथ लिने कार्यक्रम रहेको छ ।