स्थायी राजधानीको विरोधमा धनगढी बन्द

रिपोर्ट नेपाल | 2018 Sep 27 | 12:15 pm 1821

धनगढी, असोज ११:  प्रदेश ७ को राजधानी गोदावरी सार्ने प्रस्तावको विरोधमा बिहीबार धनगढी बन्दको आव्हान गरिएको छ।

अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी तोकिनुपर्ने माग गर्दै नेपाली कांग्रेसले धनगढी बजार बन्द गराउँदा व्यापार व्यवसाय , शैक्षिक संस्था तथा सवारी साधन पुर्ण रुपमा बन्द छन् ।

बन्दले जनजीवन प्रभावित भएको छ। बन्दकर्ताहरुले मोटरसाईकल रिक्सालगायत सबै सवारी साधन चल्न रोक लगाएका छन्। बन्दकर्ताहरु बजार परिक्रमागरी बन्द गराउदै हिडेका छन्।

बन्दको अवज्ञा गरेर चलाउने सवारी साधनको चाबी थुतेर बीच सडकमै अलपत्र पारेका छन्। विशेष सुझाव समितिले प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिका- ४ तेघरी र नाम सुदूरपश्चिम प्रस्तावित गरेपछि त्यसको चर्को बिरोध भइरहेको छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद र सडक दुबै बताएको छ। प्रदेश ७ मा नेकपाको दुई तिहाई भएकाले उक्त प्रस्ताव स्वीकृत हुने संभावना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.