झापा, २०७६ बैशाख २० :स्कूल बसको ठक्करबाट शुक्रबार झापाको बुद्धशान्ति गाउँपालिका–४ मा एक पैदलयात्रुको मृत्यु भएको छ । कर्णाली एजुकेशन फाउण्डेशन बुधबारेको मे १ ख १८१९ नम्बरको स्कूल बसको ठक्करबाट पैदलयात्रु स्थानीयबासी ४२ वर्षीय राजेन्द्र जवेगुको मृत्यु भएको हो ।
विद्यार्थी लिन जुनेली बस्तीतर्फ जाँदै गरेको बसले बिहान साढे ८ बजे साँघुरो घुमाउरो बाटोमा ठक्कर दिँदा जवेगुको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । ठक्कर दिने स्कूल बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।