काठमाडौं ०९ साउन । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् ।
विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको जनाइएको छ ।