सोलुखुम्बु, कार्तिक २२-थुलुङ्दुधकोशी गाउँपालिका–३ पञ्चनमा जीप दुर्घटनामा परी घाइते तीन जनालाई आज काठमाडौँ लगिएको छ।
गम्भीर घाइते २६ वर्षीया मनुकला राई, १७ वर्षीय मनरुपी राई र १० वर्षीया सविना खत्रीलाई उपचारका लागि काठमाडौँ लगिएको हो ।
घाइते ३५ वर्षीया गीतादेवी खत्री, ४० वर्षीय रामकुमार राई, २७ वर्षीय दिनेश राई र १३ वर्षीया मविना राईको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले जानकारी दिए।
मङ्गलबार सोलु हाइड्रोपावरको बा९च ९६४७ नं को बोलेरो जीप दुर्घटना हुँदा १९ वर्षीया सरिना राईको मृत्यु भएको थियो।