सोलुखम्बु, कात्तिक ८: जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब ८५ लाख बराबरको क्षति भएको प्रहरीले
जानकारी दिए ।
बिहीबार साँझ तिङलाको गञ्जेडाँडाका स्थानीय खड्कबहादुर खड्काको घरमा आगलागी भएको सोलुखुम्बु प्रहरीले जनाए ।
आगलागीबाट खड्काको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । उक्त आगलागीमा २ तोला सुन, ६० हजार नगद, करिब ६ सय थान काठपातलगायतको सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । सो घटना बिजुली सर्ट भएर हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
आगलागीमा सिलिण्डर ग्यास विस्फोट भएपछि ठूलो क्षति भएको हो । आगो निभाउनका लागि पर्याप्त श्रोत साधन र जनशक्ति नहुँदा घर पूर्ण रुपमा क्षति भएपछि मात्रै आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।