सैनिक श्रीमती संघको ३८ औं बार्षिक उत्सव सम्पन्न

रिपोर्ट नेपाल | 2021 Nov 08 | 07:03 pm 1741

काठमाडाैं, कात्तिक २२ः सैनिक श्रीमती संघको ३८ औं बार्षिकोत्सव समारोह विशेष पूजा अर्चना, झण्डोत्तोलनलगायत विविध कार्यक्रमहरुको आयोजना गरी साेमबार सम्पन्न भएको छ ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त समारोहमा प्रधान सेनापति महारथी शर्मा र संघकी अध्यक्ष सुनिता शर्माद्वारा सैनिक श्रीमती संघको बार्षिक मुखपत्र ‘सेवा सुमन’ को विमोचन समेत गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतलगायत सैनिक श्रीमती संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.