सैनिक वार कलेजका शिक्षार्थी अधिकृतहरुद्धारा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको भ्रमण

रिपोर्ट नेपाल | 2021 Sep 23 | 07:07 pm 1513

काठमाडौ, असाेज ७ः नेपाली सेना सैनिक वार कलेजमा संचालित ‘सि.सं. ३ अल आम्र्स कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुले बिहिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल नेपालबारे विविध जानकारी लिएका छन् । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सशस्त्र प्रहरी बल नेपाल राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा कार्यक्षेत्रमा
निरन्तर क्रियासिल रहिरहेको उल्लेख गर्दै जिम्मेवारी निर्वाहको क्रममा नेपाली सेना लगायत सम्वद्ध अन्य निकायहरुसँग समेत समन्वय तथा
सहकार्य गर्दै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा सुरक्षामा कटिवद्ध भई अहोरात्र परिचालन भईरहेको बताए ।

उनले यस खालका अवलोकन तथा भ्रमणले कार्यक्षेत्रमा कार्यसम्पादन गर्ने क्रममा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्दै शान्ति सुरक्षा, सीमा
सुरक्षा, विपद् व्यवस्थापन लगायतका कार्यहरुमा सम्वद्ध सबैको समन्वय तथा सामुहिक प्रयासले महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले भविष्यमा समेत समन्वय, सहकार्य र यस्ता भ्रमण निरन्तर रुपमा संचालन हुने विश्वास व्यक्त
गर्दै शिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना समेत व्यक्त गरे । सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले उक्त तालिमका डाईरेक्टिङ्ग स्टाफ प्रमुख सेनानी जितबहादुर लामालाई मायाको चिनो प्रदान गरे ।

भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालबारे राखेको विविध जिज्ञासाबारे सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले प्रष्ट पारे । सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, परिचालनका क्षेत्रहरु, सांगठानिक संरचना, सुरक्षा चुनौती लगायतका विविध
विषयहरुमा प्रस्तुतीकरण मार्फत सशस्त्र प्रहरी उपरीक्षक विष्णुप्रसाद भट्टले जानकारी गराएका थिए ।

त्यसअवसरमा शिक्षार्थी अधिकृतहरुले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गर्नुकासाथै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित केन्द्रीय आदेश कक्षको कामकारवाही तथा हाल प्रयोगमा ल्याईरहेको सूचना तथा संचार प्रविधिबारे समेत जानकारी हासिल गरेका छन् ।

विभिन्न किसिममा लागूऔषधसहित तीन जना पक्राउ
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ५ स्थित मज्नुचौरा ईलाकाबाट दुई जनालाई
पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १६ लालपाती बस्ने १९ वर्षीय ईश्लाम चुरियार र २० वर्षीय आलमविर चुरियार छन् ।

लु ४ प ११३४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बुचीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेनारगन ३ सय ५ वटा, डाईजोपाम २ सय ८१ वटा र नोफिन ३ सय १६ वटा फेला पारको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश अर्नाहाबाट खटिएको सशस्त्र प्रहरीले १ सय १ बोतल डाईलेक्स नामक लागुऔषधसहित सर्लाही जिल्लाको बलरा नगरपालिका ५ अर्नाहास्थित सीमा ईलाकाबाट सोही नगरपालिका १०  बस्ने ४० वर्षीय मल्कित रायलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज रायलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । पक्राउ परेका रायलाई बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

चोरीपैठारीको लत्ताकपडा बरामद 
झापा जिल्लाको मेचीनगर नगरपालिका ४ प्रसादगौंडा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ७ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.