सैनिक प्रतिष्ठानमा एकसय त्रिपन्न अधिकृत दीक्षित

| 2021 Apr 23 | 08:20 am 205

काठमाडौँ बैशाख १०: नेपाली सैनिक प्रतिष्ठानमा संचालन भईरहेको सि.सं.५९ अधिकृत क्याडेट तालिममा तालिमरत
शिक्षार्थीहरुको स्नातक तहको दिक्षान्त समारोह प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.श्री धर्मकान्त बास्कोटा, प्राध्यापकहरु, रथीवृन्द र अधिकृतहरुको समेत उपस्थितीमा सम्पन्‍न भएको उक्त दिक्षान्त समारोहमा पुरुष अधिकृत क्याडेट १ सय २९, महिला अधिकृत क्याडेट २४ र विदेशी अधिकृत क्याडेट ४ जना (केन्या, जाम्बिया, माल्दिभ्स र श्रीलंका) गरि जम्मा १ सय ५३ जना शिक्षार्थीहरु दिक्षित भएको नेपालीसेना जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।

समारोहमा दिक्षित स्वदेशी तथा विदेशी शिक्षार्थीहरु तथा तीनका अभिभावकहरु सबैलाई बधाई दिदै प्रधान सेनापति महारथी थापाले निकट भविष्यमा नै आयुक्त पद प्राप्त गर्ने शिक्षार्थीहरुलाई प्रतिष्ठानमा सिकेका ज्ञानलाई व्यवहारमा सफलतापूर्वक उतारेर आ-आफ्नो सेनाका भविष्यको कुशल तथा प्रेरणादायी नेतृत्व बन्न समेत सफलता मिलोस भन्‍ने शुभकामना व्यक्त गरेका थिए ।

उक्त समारोहमा शैक्षिक अध्यापन तर्फ प्रथम, द्धितिय, तृतिय हुने र एकेडेमीको विभिन्न विधामा उत्कृष्ट अंक हासिल गर्ने अधिकृत क्याडेटरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.