सैनिक आचार संहिता कार्यक्रम-२०८० शुभारम्भ

| 2023 Apr 18 | 03:45 pm 609

काठमाडाैं, बैशाख ५ः नेपाली सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा बहाल रहँदा तथा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचारणका बारेमा सु-सूचित गरी अनुशासित, नैतिकवान र जिम्मेवारीपूर्ण सिपाहीको पहिचान कायम राखीरहने एवं सैनिक आचार संहिता संग्रह-२०७६ मा उल्लेखित विषयहरुमा प्रशिक्षित गर्ने उद्देश्य अनुरुप मिति २०८० वैशाख ५ गतेदेखि ६ गतेसम्म संचालन हुने दुई दिवसीय सैनिक आचार संहिता कार्यक्रम-२०८० को आज मिति २०८० वैशाख ५ गते बलाध्यक्ष रथी श्री सिताराम खड्काले शुभारम्भ गरेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बलाध्यक्ष रथी खड्काले सैनिक आचार संहिता कार्यक्रम-२०८० बाट नेपाली सेनाको सबै तहका कमाण्डर लगायत तल्लो तहसम्म आचार संहिताबारे ज्ञान अभिवृद्धि हुनुका साथै एक आपसमा विश्वासको वातावरण श्रृजना भई नेपाली
सेनाका सकलदर्जालाई अझै अनुशासित, नैतिकवान र व्यवसायिक फौजको रुपमा स्थापित गर्न
मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सोही क्रममा, उनले संविधानप्रदत्त जिम्मेवारीलाई निसङ्कोच र प्रभावकारी ढंगबाट बहन गर्नको निम्ति कटिबद्ध नेपाली सेनाका प्रत्येक जवानले आफू स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर र उर्जाशिल बनाउन अपरिहार्य रहेको बताउनु हुँदै सकलदर्जाले आफ्नो आचरण मर्यादित र व्यवसायिक बनाउनको निमित्त यस कार्यक्रमले सघाउ पुग्ने साथै सैनिक सदस्यहरु सबैले स्वअनुशासनमा रहेर सैनिक ऐन र नियमको परिधिभित्र रहि कार्यसम्पादन गर्न अपरिहार्य रहेको
बताएका थिए ।

नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको सहभागिता रहेको सो कार्यक्रम मिति २०८० बैशाख ६ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माबाट समापन हुने बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.