सैतिस लाख बढीको गरगहना चारी गर्ने नेपाली पक्राउ

| 2023 Dec 08 | 12:04 pm 709

काठमाडौं, मंसिर २२ / भक्तपुर जिल्लाकाे मध्यपुर ठिमी नगरपालिका २ स्थित दिव्यश्वरी टाउन प्लानिङमा रहेको युवराज अधिकारीकाे घरको ढाेका फुटाएर सुन,हिराका गहना चाेरी गरेको अभियाेगमा विक्रम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।काभ्रेकाे तिमाल गाँउपालिका ७ घर भई हाल काठमाडौंकाे पेप्सिकाेला बस्दै आएका नेपालीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले जडिबुटीबाट पक्राउ गरेकाे हाे।

युवराज अधिकारीकाे घरमा काेही नभएको माैका छाेपी नेपालीले करीब ३७ लाख २७ हजार बराबरको धनमाल चाेरी गरेको बताइएको छ। पक्राउ परेका नेपालीबाट प्रहरीले सुनको मंगलसुत्र २ थान चुरा ३ मुन्द्रा १ जाेर झुम्का १ जाेर टप १ जाेर हिराकाे चुरा १ नेक्लेस १ टप १ जाेर माेवाइल २ थान र घडी २ थान प्रहरीले बरामद गरेको छ।नेपालीलाई अपराध अनुसन्धान कार्यालयले आवश्यक कारवाहीका लागि प्रहरी बृत्त ठिमी पठाएको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.