सेयर बजार बिस्तारै उकालो लाग्दै

| 2022 Jan 03 | 03:31 pm 1461

काठमाडौँ पुस १९ : केहि समय ओरालो लागेको सेयर बजारको परिसूचक आज भने २६ सय अंक नाघेको छ । केही दिनयता बढ्दै गएको परिसूचक सोमबार ३२ अंकले उकालो लागेसँगै २६१६ अंकमा पुगेको हो । कारोबार रकम करिब ४१ करोडले बढेको छ । आइतबार ४ अर्ब १२ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।

उत्पादनबाहेकका उपसमूहहरु बढेका छन् । सो उपसमूह २ अंकले घट्यो । बैंकिङ २५, विकास बैंक ७३, फाइनान्स ४२, होटल तथा पर्यटन २३, जलविद्युत १०, लगानी १, जीवन बीमा ९३, माइक्रोफाइनान्स १४५, निर्जीवन बीमा ६१, अन्य ३ र ब्यापार उपसमूह १८६ अंकले बढेक छन् ।

कुल १४९ कम्पनीको मूल्य बढ्यो भने ४१ को घट्यो । मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७७ रुपैयाँ १० पैसा पुगेको छ । गुराँ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.