सेयर बजारमा दोहोरो अंकको गिरावट

| 2024 Oct 08 | 03:48 pm 397

काठमाडौँ, आश्विन २२ / साताको तेस्रो कारोबार दिन सेयर बजार २७.३९ अंकले घटेर २६६३.३२ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।

यसदिन कारोबार रकम पनि घटेको छ । सोमबार ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँको १ करोड ३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै उपसमूहको शेयर ओरालो लागेको छ ।

मंगलबार सर्वाधिक गुमाउने र कमाउने हाइड्रोपावरका लगानीकर्ता छन् । यसदिन सर्वाधिक मध्यसोलु हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने बुटवल पावर कम्पनी लिमिटेडको शेयर ६.८३ र मन्दु हाइड्रोपावरको शेयर ६.३१ प्रतिशतले बढेको छ ।

यस्तै इस्टर्न हाइड्रोपावरको ८.५० र बुद्धभूमि हाइड्रोपावर नेपालको ७.२४ प्रतिशतले शेयर घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.