काठमाडौं : सेयरमा बजार उतार चडाब हुनुलाई सामान्य रुपमा लिईए पनि नेपालमा भने पछिल्लो समय भैरहेको उतारचढावलाई अस्वभाविक रुपमा लिइएको छ । सामान्यतया केहि समय बढेको बजार घटनसक्ने भएपनि लगातार बजार घटिरहदा लगानीकर्तालाइ नोक्सान संगै अन्योलता थपिएको छ।
नेपालको सेयर बजार अपारदर्शी हिसाबले चल्न गरेको छ । केही ठुला लगानिकर्ताले आफू अनुकुल फेरबदल गराउने,र सञ्चार माध्यममा गलत सुचना प्रवाह गरि बजारलाई अस्थिर गराउने जस्ता गलत प्रवृति विगतमा नभएका होइनन, तर के यस्तै चलखेल गर्न सम्भव छ ? के यी र यस्तै कारणले मात्र बजार घटबढ भेरहेको हुन्छ त ? यसबारे लगानीकर्ता सजग हुन जरुरी छ ।
नेपालको सेयर बजारमा बेला–बेलामा हुने यसप्रकार कुकृत्यका कारण लगानीकर्तामा विश्वास गुम्दै गएको देखिन्छ ।
सेयर बजार ओरालो लाग्नुका मुख्य कारण
१. व्याजदरमा वृद्धि: नेपालमा पछिल्लो समय व्यापार घाटा बढदै जानु तथा रेमिट्यान्स समेत घटदै जानु जस्ता कारणले बैंकहरुमा मौजुदा रकम घटदै गएको छ। जसका कारण लगानी योग्य रकम नभएपछि बैंकहरुले बचतमा ब्याजदर बढाउदै लगेका छतन् ।
सामान्यतया बैंकमा व्याजदर बढदै गएपछि लगानीकर्ता त्यसतर्फ आकर्षीत हुने गर्दछन। लगानी योग्य रकमको अभाव बढदै गएपछि बाणिज्य बैंकहरुले मुद्दतीमा पछिल्लो समय ११ ५ सम्म ब्याजदर दिने गरेका छन।
२. सेयर कर्जा सहज नहुनु: बैंकहरुमा तरलता अभाव भएसंगै लगानीयोग्य रकमको अभाव छ । जसका कारण बैंकहरुले थप कर्जा प्रवाह गर्न सकेका छैनन् । बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय सेयरकर्जा लगभग बन्दजस्तै गरका छन् राष्टबैंकले समेत पछिल्लो समय सेयरकर्जालाई कडाई गरेको छ । जसका कारण सेयर कर्जा सहज नहुँदा थप लगानी सेयरबजारमा आउन सकेको छैन । वर्तमान सरकारका अर्थमन्त्रीले समेत सेयर कर्जामा कडाई गर्ने अघोषित नीति लिएको देखिन्छ । जसका कारण कर्जा प्रवाह एक किसिमले रोकिएपछि सेयर बजार उकालो लाग्न सकेको छैन ।
३. अधिक सेयर संख्या सुचिकृत हुनु: पुँजीवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण बैंक तथा वित्तिय संस्थाहरुले गतबर्ष अधिक मात्रामा हकप्रद तथा बोनस सेयर वितरण गरका थिए । जुन अहिले सुचिकृत भएका छन। बजारमा सेयर संख्या वृद्धि भएसँगै बिक्री चाप बढेको छ । ठुलो संख्यामा सेयर आपूर्ती हुनु र माग कम हुनुले पनि बजार माथी जान नसकेको हो । बजारमा सेयर बजारप्रति नकारात्क हल्लाले समेत बजार माथि जान नसकेको हो। यो समयमा अत्याद्यिक मात्रामा सेयर सुचिकृत भएका छन । सेयर सुचिकृत भएर आउदा बिक्री चाप बढने गर्दछ, जसका कारण मागको तुलनामा आर्पुर्ती बढी हँुदा बजारमा सेयर बिक्री गर्ने गरेका छन ।
४. गैरजिम्मेवार अभिव्यक्ती: सेयर बजारलाइ अत्यन्त संवेदनशील बजारको रुपमा लिइन्छ । बजारप्रति दिइने सामान्य अभिव्यक्तीले पनि बजार अस्थिर हुने गर्दछ । तर, पछिल्लो समय जिम्मेवार व्यक्तीहरुले बजारप्रति नकारात्मक अभिव्यक्ती दिंदा बजार माथि जान सकेको छैन । विशेष गरि पछिल्लो सरकारका अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाइ उनुत्पादकको संज्ञा दिएपछि बजार ओरालो लाग्न थालेको हो। अर्थमन्त्री खतिवडाले देशको पछिल्लो समय देखिएको आर्थिक समस्याको समधान गर्न अनुत्पादक क्षेत्रलाइ निरुत्साहित गरी उत्पादक क्षेत्रलाइ प्रोत्साहन गर्नुपर्ने बताउदै आएका छन । तर लगानीकर्ता र यससँग सम्बन्धित केहि विश्लेषकले भने सेयरबजार अनुत्पादक हुनै नसक्ने जिकिर गर्दै आएका छन ।
यी र यस्तै अभिब्यक्तीका कारण लगानीकर्तामा नकारत्मक असर परेको छ । साथै बजार प्रतिको अनेक हल्लाका कारण नयाँ लगानी आउन सकेका छैनन ।