सेनाले गर्यो सेनानी रामचन्द्र तिवारीलाई बर्खास्त

रिपोर्ट नेपाल | 2019 Nov 11 | 06:18 pm 3927

काठमाडौं, कात्तिक २५ : नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई सेवाबाट हटाउने निर्णय गरेको छ ।

२०७३ चैत १८ मा जापानमा दुई वर्ष अध्ययनका लागि बेतलबी बिदा लिएका उनी अध्ययन सकेपछि सर्त बमोजिम हाजिर नभइ आफूखसी हिँडेकाले सैनिक ऐन बमोजिम कारबाही गरिएको सेनाले जनाएको छ । सेनाका अनुसार उनलाई गत भदौ ८ गते पक्राउ गरिएको थियो भने छानबिन पछि कारबाहीको निर्णय गरिएको थियो ।

सो सम्बन्धमा जंगी अड्डामा गठित समरी जनरल सैनिक अदालतबाट तिवारीले सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिईसकेपश्चात आफ्नो अनुकुल हुने किसिमको जिम्मेवारी नपाएको दाबी सहित जथाभावी बोल्दै हिड्ने गरेको पाइएको सेनाले जनाएको छ ।

यो बीचमा उनले थापाथली ईन्जिनियरीङ्ग क्याम्पसमा विभागीय स्वीकृति नलिई व्यक्तिगत आर्थिक फाइदा हुने नियतले काम गरेको पाइएकाले उनलाई ‘भगौडा र अनुशासन तथा आचरण सम्बन्धी कसुर समेत गरेको’ ठहरसहित भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.