सेनाको पेट्रोलपम्प बिदामा पनि खुल्ने

रिपोर्ट नेपाल | 2022 Jun 26 | 08:00 am 1561

काठमाडौँ, असार १२ः नेपाली सेनाको सैनिक कल्याणकारी कोषमार्फत सञ्चालित देशभरका पेट्रोलपम्पहरू अबदेखि बिदाका दिन पनि सञ्चालन हुने भएका छन् ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले अबदेखि बिदाका दिन पनि पम्प खोल्ने निर्णयअनुसार नै शनिबार पेट्रोलपम्पहरू खुला रहेको जानकारी दिए ।

उनले सर्वसाधारणको सहजताका लागि देशभरका पेट्रोलपम्पमा सातै दिन खुला रहने बताए । सार्वजनिक बिदाका दिन बिहानमात्र खुला रहने सेनाका पम्प मूल्य घटेका दिन शनिबार खुला रहेको थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.