सुर्खेतमा प्रहरीले गरेको दमनविरुद्ध कांग्रेसका १४ जना केन्द्रीय सदस्यले निकाले विज्ञाप्ति

रिपोर्ट नेपाल | 2018 Jun 15 | 05:13 pm 6031

सुर्खेत, असार १ :  अप्रत्यासित रुपमा भएको मूल्यवृद्धिका विरुद्ध नेपाल विद्यार्थी संघले गरेको प्रदर्शनमा प्रहरीले पार्टी कार्यालयभित्र छिरेर गरेको अन्धाधुन्ध लाठीचार्जको नेपाली कांग्रेसका १४ जना केन्द्रीय सदस्यहरुले एक विज्ञाप्ति प्रकाशित गरि घोर निन्दा गरेका छन् ।

पार्टी कार्यालयमा समेत प्रहरी प्रवेश गरी कुटपिट, आक्रमण, धरपकड र पक्राउ गर्नु लोकतान्त्रिक व्यवस्थाको वरखिलाप मात्र नभएर दण्दहिनताको पराकाष्ठा भएको समेत जनाएका छन् ।

जारी प्रेस विज्ञाप्तिमा भनिएको छ- ‘आम जनसरोकारका विषयलाई शान्तिपूर्ण आन्दोलन मार्फत प्रस्तुत गर्ने र सरकारलाई दवाव दिने माध्यम भनेकै ‘जुलुस प्रदर्शन’ लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने पहिलो माध्यम र अंग पनि हो । पञ्चायतकालीन कालरात्रीमा समेत नेपाली कांग्रेसको कार्यालयभित्रै प्रहरी प्रवेश गर्ने र आक्रमण गर्ने घटना भएका थिएनन् । तर कम्युनिष्ट सरकारको पालामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा मात्र होइन सरकारले आगामी दिनमा चाल्ने कदम प्रति गम्भीर आशंका पैदा गरेको छ ।’

सरकारको यस्ता खालका अमानवीय र दमनपूर्ण रवैया रहीरहे विद्यार्थीहरुले जारी राखेको शान्तिपूर्ण प्रदर्शन गाउँ देखि सहर हुँदै सिंहदरवारसम्म पुग्ने चेतावनी समेत दिएका छन् ।

विज्ञप्ति जारी गर्नेहरुमा नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईं रहेका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.